शुक्रबार, पुष ४, २०८२

सामुहिक बलात्कारको आरोपमा सल्यानबाट दुई जना पक्राउ

नेपालखोज २०७७ पुष १६ गते ८:२७

सल्यान । सल्यानको शारदा नगरपालिकाका १६ वर्षीया एक किशोरीमाथि सामुहिक बलात्कार गरेकाे आराेपमा दुई जना पक्राउ परेका छन् ।

सामुहिक बलात्कार गरेको आरोपमा जिल्लाको शारदा नगरपालिका-४ का २२ वर्षीय सुरेश बस्नेत र २२ वर्षकै मनोज गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।

आफन्तको घरमा बस्दै आइरहेकी किशोरीमाथि पुस ८ गते बलात्कार भएको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएका दिए। उजुरी परेपछि दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख गोविन्द थापाले बताए।

ती किशोरी आफन्तको घरमा बस्दै आइरहेकी थिइन्‌। प्रहरीका अनुसार पीडित किशोरीका आमा नरहेको र बुबा पनि रोजगारीको शिलशिलामा जिल्ला बाहिर रहेका छन्।

आरोपित दुवैजनालाई हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया