शुक्रबार, पुष ४, २०८२

मानव बेचबिखन गर्न खोज्ने फरार प्रतिवादी भुजेल पक्राउ

नेपालखोज २०७७ पुष २१ गते १५:२०

काठमाडौं । भिजिट भिसामा दुबई लगेर मानव बेचबिखन गर्न खोज्ने फरार प्रतिवादी पक्राउ परेका छन् ।

प्रहरीले महोत्तरी घर भई काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने ३५ वर्षीय मङ्गले तामाङ भन्ने जीतबहादुर भुजेललाई आईतबार पक्राउ गरेको हो ।

उनले ३५ वर्षीय एक पुरूषलाई घरायसी कामको लागि दुबई लैजाने भन्दै पासपोर्ट बनाइदिएका थिए ।

उनले २०७३ वैशाख २७ गते ती पुरूषलाई गाउँबाट काठमाडौं बोलाई अपरिचित व्यक्तिसँगै त्रिभुवन विमानस्थलबाट दुबई पठाउन खोजेका थिए ।

विमानस्थलका कर्मचारीले शंका लागेर पासपोर्ट जाँच गरेका थिए । सोधपुछ गर्ने क्रममा घरायसी कामका लागि नभई झुक्याएर भिजिट भिसामा बेचबिखन गर्न लागेको खुलेको थियो ।

त्यसपछि पीडितले प्रहरी कार्यालयमा उजुरी दिएका थिए । सोही अनुसार अनुसन्धान गर्ने क्रममा भुजेललाई ब्युरोबाट खटिएको प्रहरी अधिकृतको टोलीले सुकेधाराबाट पक्राउ गरेको हो ।

उनीहरूमाथि थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेको छ ।

प्रतिक्रिया