शुक्रबार, पुष ४, २०८२

खाना पकाउने ग्याँस बिस्फोट हुँदा दुई व्यक्ति घाईते

नेपालखोज २०७७ पुष २२ गते १३:४५

काठमाडौं । काठमाडौंको तार्केश्वर नगरपालिका ८ जरङ्खुमा खाना पकाउने ग्याँस पड्किेर्र आगलागी हुँदा दुई जना घाईते भएका छन् । नुवाकोट पञ्चकन्या गाउँपालिका २ घर भएका ३४ वर्षीय रामचन्द्र श्रेष्ठको कोठामा खाना पकाउने क्रममा ग्याँस पड्किर्दा मंगलबार साँझ रामचन्द्र श्रेष्ठ र उनकी ६ वर्षीया छोरी रक्षा श्रेष्ठ घाईते भएका छन् ।

घाईतेमध्ये रामचन्द्र श्रेष्ठलाई शिक्षण अस्पताल महाराजगंज हुँदै थप उपचारको लागि करुणा अस्पताल कपन रिफर गरिएको छ भने रक्षा श्रेष्ठको कान्तिबाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया