कोरोना अपडेट : नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ५८ जना
नेपालखोज
२०७७ पुष २३ गते १६:५९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४१२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा ४८३ संक्रमित निको भएका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ५८ छ । पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ९०३ पुगेको छ । मन्त्रालयका अनुसार ५ हजार ५८ जना आइसोलेसनमा छन् । ३४२ क्वारिन्टिनमा बसेका तथ्यांकमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कुल १९ लाख ६९ हजार २९२ पीसीआर परीक्षण गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया