लागू औषध कारोबारमा संलग्न दुुई जना काठमाडौंबाट पक्राउ

काठमाडौं । लागू औषध कारोबारमा संलग्न दुुई व्यक्ति पक्राउ परेकाछन । महानगरीय अपराध महाशाखा मिनभवनका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीकाअनुसार आज बिहान लागुु औषध कारोवारमा संलन्त दाङको तुलसीपुर घर भएका २७ बर्षिय सुरज चौधरी र सल्यानका २४ बर्षिय कुमार बिकलाई पक्राउ गरिएको हो ।

लागूऔषधको कारोबार हुदैछ भन्ने गोप्य सूचना प्राप्त भए पश्चात महाशाखाबाट खटिएको बिशेष प्रहरी टोलीले आज विहान का.जि.का.म.न.पा. वडा नं.२६ मित्रनगर स्थित गेष्ट हाउसमा सुरज चौधरी र कुमार बिकलाई शंका लागि सोधपुछ गर्दा उनिहरू बसेको कोठा खानतलासी गर्ने क्रममा कालो झोलाभित्र लुकाई राखेको अवस्थामा तीन वटा प्लाष्टिकले बेरेको ईट्टा आकारको ३ के.जि.लागू औषध चरेश जस्तो देखिने पदार्थ बरामद गरिएको छ ।
उनिहरु दुवै जनालाई पक्राउ गरी थप अनुसन्धानको लागि परिसर, काठमाण्डौ पठाईएको प्रवक्ता कार्कीले बताएका छन् ।








प्रतिक्रिया