मंगलबार, वैशाख १८, २०८१

नेप्स २८ दसमलव ३१ अंकले बढ्यो, २ सय २ वटा कम्पनीहरुको ४ अर्ब ९८ करोडको सेयर किनबेच

नेपालखोज २०७७ पुष २८ गते १५:५४

काठमाडौं । नेप्से आज पनि बढेको छ । साताको तेस्रो कारोवार दिन आज नेप्से २८ दशमलव ३१ अंकले बढेर २२ सय ६७ दशमलव ७३ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ८९ अंकले बढेर चार सय ३३ दशमलव २८ अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय दुई वटा कम्पनीहरुको ४५ हजार पाँच सय ६९ वटा कारोवारमा एक करोड ३५ लाख ३१ हजार दुई सय २७ कित्ता सेयर किनबेच हुँदा कुल कारोवार रकम चार अर्ब ९८ करोड २३ लाख ९१ हजार आठ सय ९७ रुपैयाँ पुगेको छ ।

आज १२ वटा समुहको कारोवार भएकोमा ट्रेडिङ समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेका छन् । ति मध्ये वाणिज्य बैंक समुहको सुचक १५ दशमलव ५४ अंकले बढेर १७ सय ३७ दशमलव ७१ अंकमा चढेकोमा निर्जिवन बीमा समुहको सुचक पनि दुई सय ७३ दशमलव २७ अंकले बढेर १० हजार पाँच सय ६५ दशमलव ६६ अंकमा चढेको छ ।

जीवन बीमा समुहको सुचक पनि आज तीन सय ७६ अंकले बढेर १४ हजार चार सय ८३ दशमलव २३ अंकमा चढेकोमा बिकास बैंक, जलबिद्युत, लघुबित्त, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेका छन् ।

आज आईएमई जनरल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिसतले बढेर आठ सय २५ रुपैयाँमा कारोवार हुँदा नेपाल हाईड्रो डेभलपर कम्पनीको प्रतिकित्ता सेयर मूल्य भने तीन दशमलव ७८ प्रतिशतले घटेर दुई सय २९ रुपैयाँमा कारोवार भएको छ ।

त्यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको प्रिमियर इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता एक हजार ६५ रुपैयाँ अन्तिम मूल्यमा २९ करोड छ लाख ३४ हजार चार सय ७० रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया