शनिबार, वैशाख १३, २०८२

टीकापुरबाट विप्लव समूहका नगर इन्चार्जसहित तीनजना पक्राउ

नेपालखोज २०७७ माघ १० गते १२:२९

धनगढी । सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव समूहका टीकापुर नगरपालिका एरिया इन्चार्जसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका एरिया इन्चार्ज पूर्ण खड्का, एरिया सेक्रेटरी जगत विश्वकर्मा र डम्मर बिष्ट रहेका छन् ।

ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेका अनुसार पक्राउ परेका आफ्ना नेताको रिहाइको माग गर्दै विप्लव समूहले शनिबार आह्वान गरेको नेपाल बन्दको क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

कैलालीमा बन्दको आंशिक प्रभाव परेको छ । प्रहरीले सार्वजनिक सवारी साधनलाई स्कटिङ गरेर गन्तव्यमा पु¥याइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । धनगढी, अत्तरियालगायतका बजारहरु भने बन्द रहेका छन् ।

प्रतिक्रिया