शनिबार, वैशाख १३, २०८२

अध्यागमन विभागले विमानस्थलमा रोकेपछि खेल खेल्न नपाएका खेलाडीले गरे विरोध

नेपालखोज २०७६ मंसिर २९ गते १६:२६

२९ मंसिर, काठमाडौँ । नेपाल अध्यागमन विभागले कजाकिस्तानमा वल्र्ड कजाख कुरेसी च्याम्पियनसिपमा भाग लिन जान रोक लगाएको भन्दै खेलाडीले विरोध गरेका छन् । आईतबार आयोजित पत्रकार सम्मेलनमा उनीहरुले यही मङ्सिर २८ देखि शुरु भएको च्याम्पियनसिपमा भाग लिन जानेक्रममा विभागले आफूहरुमाथि रोक लगाएको बताए ।

प्रतियोगितामा भाग लिनका लागि नेपाली खेलाडी तथा प्रशिक्षक मङ्सिर २६ गते त्यसतर्फ प्रस्थान गर्न लागेकामा विभागले तिनलाई राष्ट्रिय खेलकूद परिषद्को अनुमतिपत्र नभएको भन्दै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट फिर्ता पठाएको   थियो ।

प्रतियोगितामा भाग लिन प्रशिक्षक गणेशबहादुर कुँवर तथा खेलाडी ७४ केजीमा अनिश बस्नेत, ६६ केजीमा माधव राई, ६० केजीमा अरुण तामाङ र ५५ केजीमा मानजीत लामा त्यसतर्फ जाने कार्यक्रम थियो । प्रतियोगितामा विश्वभरिका ११६ भन्दा बढी देशबाट खेलाडीको सहभागिता छ ।

नेपाली खेलाडी छनोट हुँदा पनि कजाकस्तान जान पाएनन् । खेलाडी तथा प्रशिक्षकलाई च्याम्पियनसिपले स्पोन्सर गरे तापनि विभागले विनाकारण रोक लगाएको भनी प्रशिक्षक कुँवरले गुनासो पोखे ।

प्रतियोगितामा भाग लिनबाट वञ्चित खेलाडी राईले आफूहरुसँग सबै आवश्यक कागजात हुँदा पनि प्रतियोगितामा सहभागी हुनबाट रोकिएको जिकिर गरे।

प्रतिक्रिया