गलत सूचना फैलिन नदिन ट्वीटर नयाँ फिचर ल्याउँदै
नेपालखोज
२०७७ माघ १३ गते १६:५३

एजेन्सी । ट्वीटरले गलत सूचना फैलिन नदिन बर्डवाच भन्ने नयाँ फिचर ल्याउने भएको छ । यसले ट्वीटरकै अरु प्रयोगकर्तालाई सोधेर तथ्य हो की हैन भनेर पत्ता लगाउने गर्दछ ।
कम्पनीले यो फिचर आधिकारिकरुपमा नयाँ पाइलट प्रोग्रामसहित ल्याउने भएको छ । यो फिचरले अरु प्रयोगकर्तालाई जानकारी गलत लागेमा सही जानकारीका लागी नोट लेख्न दिन्छ । यसमा प्रयोगकर्ताले फ्लयाग राख्न सक्ने छन् ।
यसले गलत सूचना फैलाउनबाट धेरै हदसम्म रोक्न सक्ने अनुमान लगाइएको छ । यो फिचर सुरुमा थोरै प्रयोगकर्ताका लागी उपलब्ध हुनेछ र पछि भने सबैले यो फिचर प्रयोग गर्न सक्ने छन् ।
गलत सूचना फैलिन नदिनका लागी काम गरेको ट्वीटरको यो ठूलो प्रयत्न हो । अब ट्वीटरले कर्मचारीलाई तथ्य हेर्नका लागि पनि लगाउनु पर्दैन् ।
सम्बन्धित
प्रतिक्रिया