कञ्चनपुरमा चरेशसहित २ जना पक्राउ
नेपालखोज
२०७७ माघ १९ गते १२:५९

कञ्चनपुर । कञ्चनपुरमा प्रहरीले चरेशसहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बेदकोट नगरपालिका–९ का सुरेन्द्रराम लुहार र गोपाल चन्द रहेका छन् ।
पक्राउ परेकामध्ये सुरेन्द्ररामबाट ३ दशमलव १८० मिलिग्राम र गोपालबाट १० दशमलव ८६० मिलिग्राम चरेश बरामद गरिएको छ ।
चरेशको कारोवार भइरहेको सूचनाको आधारमा खानतलासी गर्दा आइतवार दुवैलाई चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।
पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया