किन गरियो म्यानम्यारमा फेसबुक बन्द ?
नेपालखोज
२०७७ माघ २३ गते १३:०५

एजेन्सी । म्यानम्यारका दूरसञ्चार अपरेटरहरुले केही दिनका लागी फेसबुकलाई बन्द गरिदिएका छन् । म्यानम्यारको सैन्य सरकारको आदेशमा फेसबुकलाई स्थानीय बन्द गरिएको हो ।
टेकक्रन्चको रिपोर्ट अनुसार एमपीटी म्यानमारको सबैभन्दा ठूलो दूरसञ्चार अपरेटरको माध्यमले फेसबुक, मेसेन्जर, इन्स्टाग्राम, हवाटसएप बन्द गरिएको हो ।
फेसबुकले देशमा अराजक्ता फैलाइरहेको सरकारको दावी छ । देशको ५० मिलियन जनसङ्ख्यामा २७ मिलियनले फेसबुक चलाउने गर्दछन् । यो बन्द भने फेब्रुअरी ७ को मभ्ध्यरात सम्म रहने घोषणा गरिएको छ ।
फेसबुकले पनि हालैमा म्यावाडी टिभी स्टेसनको फेसबुक पेजलाई सेनाको नराम्रो व्यवहारलाई राम्रो बनाएर देखाइरहेकाले डिलिट गरेको थियो । यसले हिंसालाई प्रोत्साहन गरिरहेको फेसबुकको भनाइ थियो ।
सम्बन्धित
प्रतिक्रिया