दरबारमार्गमा यत्रतत्र छरिएका ओलीको तस्बिर
नेपालखोज
२०७७ माघ २३ गते १६:३१

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीका तस्बिर यत्रतत्र छरिएका छन् ।
शुक्रबार दरबारमार्गमा नेकपा ओली समूहले शक्ति प्रदर्शन गरेको छ । उक्त सभामा सहभागी हुन राजधानीका विभिन्न स्थानबाट जुलुस निकालिएको थियो । जुलुसका कारण राजधानीको यातायात अस्तव्यस्त बन्यो भने रिङरोडभित्र सार्वजनिक यातायात्र प्रवेशमा रोक लगाइयो ।

त्यसो त सभा सुरु हुनअघि सडक पखालेर सफा गरिएको थियो । तर, सभा सकिएपछि सभास्थल वरपर पानीका बोतल, प्लाष्टिक, बदामका बोक्रा, झण्डा राख्न प्रयोग गरिएका बाँस, झण्डा यत्रतत्र छरिएका छन् ।

सभा सुरु भएदेखि नसकिदासम्म शीर्ष नेताहरुको भाषण सुनेर तालि वजाएका नेता तथा कार्यकर्ताले ओलीको फोटो अंकित झण्डा बीच सडकमा छोडेका छन् । ओलीका गुनगान गाउने कार्यकर्ताले सोही झण्डा कुल्चिदै हिँडेका छन् ।

सम्बन्धित
प्रतिक्रिया