भृकुटीमण्डपमा आजदेखि पुस्तक प्रदर्शनी हुँदै

काठमाडौँ । भृकुटीमण्डपमा आइतबारदेखि बृहत् पुस्तक मेला आयोजना हुँदैछ । कोरोनापछिको समयमा पुस्तक प्रवर्दन र पठन संस्कृतिको विकास गर्ने उद्येश्यले पुस्तक मेला आयोजना गरिएको मेला आयोजक कमिटीले जानकारी दिएको छ ।
काठमाडौँका ५० बढी प्रकाशन संस्थाको पुस्तक मेलामा बिशेष छुटमा उपलब्ध हुने र मेला अवधिमा विभिन्न नयाँ पुस्तक पनि बिमोचन गरिनुको साथै लेखकसँग साक्षात्कार कार्यक्रमहरु पनि राखिने आयोजकले जानकारी गराएको छ ।
फागुन १० सम्म चल्ने मेलामा सबै प्रकाशन संस्थाको किताब उपलब्ध हुनेछ र १५ प्रतिशत देखि ४० प्रतिशतसम्म छुटमा किताबहरु बिक्री गरिने समेत जानकारी गराइएको छ ।
कोरोना कहर पछिको विषम परिस्थितिमा प्रकाशन संस्थाहरु समास्याबाट गुज्रिरहेको अवस्थामा पुस्तक मेलाले उत्साह थप्ने बिस्वास आयोजकले लिएको छ ।
पुस्तक मेलामा सबैको सहभागिता र सहयोगको लागि आयोजक कमिटीले आह्वान गरेको छ ।
प्रतिक्रिया