नेपाल गोल्डेन आइडलको सातौं संस्करण सम्पन्न
नेपालखोज
२०७७ माघ २७ गते ११:५४

गण्डकी। ललितपुरका सुमन लामा घिसिङ र दाङकी जेबिका रेउलेले सातौँ संस्करणको नेपाल गोल्डेन आइडलको उपाधि जितेका छन्।
पोखरामा भएको अन्तिम प्रतिस्पर्धामा सुमनले गायनतर्फको र जेबिकाले नृत्यतर्फको उपाधि जित्न सफल भएका हुन्।
प्रतियोगितामा गायनतर्फ सङ्खुवासभाका मदन लिम्बु फस्ट रनर्सअप र खोटाङका किस्मत चाम्लिङ राई सेकेन्ड रनरअप बने।
नृत्यतर्फ कैलालीकी नेहारिका बोहोरा फस्ट रनरअप, बाँकेकी मनिषा परियार सेकेन्ड रनर्सअप र काठमाडौँकी आकृती पोखरेल थर्ड रनरअप घोषित भएका थिए।
सम्बन्धित
प्रतिक्रिया