बिहीबार, असार १९, २०८२

नेकपा नेतृ रामकुमारी झाँक्री रिहा

नेपालखोज २०७७ माघ २९ गते १८:३६

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । महानगरीय प्रहरी अनुसन्धान महाशाखाले नेतृ झाँक्रीलाई बिहीवार साँझ रिहाइ गरेको हो ।

राज्यविरुद्धको अपराध गरेको कसुरमा अनुसन्धान गर्न भन्दै प्रहरीले झाँक्रीलाई दिउँसो उनकै निवास शंखमुलबाट पक्राउ गरेको थियो । उनलाई पक्राउ गरेपछि सरकारको चौतर्फी विरोध भएको थियो ।

प्रतिक्रिया