सत्यमोहन दम्पतीले चिकित्सा विज्ञान प्रयोजनका लागि शरीर दान गर्ने
नेपालखोज
२०७७ माघ ३० गते १३:५२
काठमाडौं । नेपाली वाङमयका शताब्दी पुरुष भनेर कहलिएका सत्यमोहन जोशी दम्पतीले मृत्युपछि शरीर दान दिने निर्णय गरेका छन् ।

संस्कृतिविद् जोशी र उनकी पत्नी राधादेवीले चिकित्सा विज्ञान प्रयोजनका लागि मृत्युपछि आफ्नो शरीर दान गर्ने निर्णय गरेका हुन्।
यसका लागि आज उनीहरूले आफू बसोबासरत ललितपुर महानगरपालिका कार्यालयको परिसरमा कार्यक्रम आयोजना गरी मृत्युपछि आफूहरूको शरीर दान दिने घोषणा गर्दै छन्।
महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको उपस्थितिमा शरीर दान घोषणा कार्यक्रम हुने बताइएको छ।
सम्बन्धित
प्रतिक्रिया