शनिबार, वैशाख १३, २०८२

मुन्नी कथासंग्रह बजारमा

नेपालखोज २०७७ फागुन १ गते १३:२५


काठमाडौं । मुन्नी नामको कथासंग्रह बजारमा आएको छ । यस संग्रहका लेखक पोस्तक श्रेष्ठ हुन् । उनी अमेरिकामा रहेर पर्यटन पेशामा आबद्ध छन् । पोस्तककले सामाजिक कथा समेटेर मुन्नी नामको कथा संग्रह बजारमा ल्याएका हुन्। लिपि बुक्सले बजारमा ल्याएको यो पुस्तकमा २२ वटा कथाहरु छन् ।

संग्रहित पुस्तक समावेश कथाहरु समग्र नेपाली समाजका विविध आयामहरुलाई समेटेको श्रेष्ठले बताए। ुअमेरिका तथा नेपाली समाजका विभिन्न घटनाहरु कथामा अटाएका छन्। किनकी एउटा लेखक कुनैपनि विषयमा तटस्थ हुन सक्दैन्, उनले भने, कथामा सामाजिक विषयहरु अटाएका छु। जहाँ प्रेम,युद्द,राजनिती तथा सामाजिक विषय छन्।

पुस्तक प्रकाशन गर्नु अघि कथाहरु आफ्ना भएपनी प्रकाशन पश्चात् भने पाठकको रहेको उनले बताए। अब मैले पुस्तकमाथी चर्चा गर्नुभन्दा पाठक आफैले मुल्यांकन गर्नुहुन्छु, उनले।

लामो समयदेखी श्रेष्ठले पत्रपत्रिकामा कथा तथा कविताका माध्यमले आफ्नो उपस्थिती देखाइसकेका छन्। नेपाली साहित्य क्षेत्रमा कथा लेखन सुस्तता रहेको बेला श्रेष्ठका कथा आउनु सुखद पक्ष रहेको प्रकाशक अर्जुन अधिकारीले बताए।

यी कथा मात्र नभएर हाम्रो समाजका विम्व हुन् उनले भने। श्रेष्ठले लेखेका फरकधारका कथाले पाठकलाई कथाप्रति सम्मोहन बढाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने अधिकारीले दावी गरे।

प्रतिक्रिया