मंगलबार, असार १७, २०८२

अष्ट्रेलियनओपन टेनिसको क्वाटरफाइनलमा सेरेना विलियम्स

नेपालखोज २०७७ फागुन २ गते १२:४४

काठमाडौं । सेरेना विलियम्स अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् ।

मेलबर्नमा आइतवार भएको चौंथो चरणको खेलमा बेलारुसकी आर्यना सेबालेन्कालाई पराजित गर्दै सेरेनाले क्वाटरफाइनलमा स्थान बनाएकी हुन् । दशौँ वरीयता प्राप्त अमेरिकी खेलाडी सेरेनाले सेबालेन्कामाथि ६-४,२-६ र ६-४ को सेटमा जित हात पारिन् ।

सेरेनाको यो ग्राण्डस्लाम प्रतियोगितामा करियरको ५४ औं क्वाटरफाइनल यात्रा हो ।

३९ वर्षीय सेरेनाले ७ पटक अष्ट्रेलियन ओपन हात पारेकी छिन् ।

प्रतिक्रिया