शनिबार, वैशाख १३, २०८२

कफी लभ नामको उपन्यास सार्वजनिक

नेपालखोज २०७७ फागुन ३ गते १२:२४


काठमाडौं । आख्यानकार डा डीआर उपाध्यायले उपन्यास कफी लभ सार्वजनिक गरेका छन् । उनको यो एघारौं औपन्यासिक कृति हो ।

हिजो प्रणय दिवसमा नेपाल प्रज्ञा प्रतिष्ठानमा सो प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, आख्यानकार भुवनहरि सिग्देल, कृतिका लेखक, प्रकाशकलगायतले आइतबार यो पुस्तकको संयुक्त विमोचन गरेका थिए ।


आख्यानकार डीआर उपाध्यायले यो पुस्तक तन्नेरी मनहरूसँग सामीप्य रहेको र सबै पुस्ता एवं वर्गको भाव यसमा समेटेको बताएका छन् ।

उपन्यास लेख्दा आफू २४ वर्षीय तन्नेरी भएर त्यही उमेरका युवा युवतीहरूको संगतमा रही उनीहरूको प्रेम भावलाई पुस्तकमा समेटेको उनले जानकारी दिए ।

प्रतिक्रिया