शुक्रबार, वैशाख १२, २०८२

पछिल्लो २४ घण्टामा थप १२२ जनामा कोरोना पुष्टी, एकको मृत्यु

नेपालखोज २०७७ फागुन ३ गते १७:५६

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय २२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा वाग्मतीमा ९२, गण्डकीमा २२, लुम्बिनीमा ४, प्रदेश १ मा २ र प्रदेश २ र सुदूरपश्चिममा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७२ हजार ८ सय ४० पुगेको छ । नेपालमा अहिले १ हजार ५ सय ८१ सक्रिय केस रहेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ४१ नमुनाको पीसीआर परीक्षण भएको छ । अहिलेसम्म देशभर २१ लाख १२ हजार ५ सय ९१ नमुनाको पीसीआर परीक्षण भएको छ ।

हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार ५५ पुगेको छ । मन्त्रालयका अनुसार सोमबार कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोना पुष्टि भएकामध्ये २ लाख ६९ हजार २ सय ४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप १ सय ४४ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया