बुधबार सुनको मूल्यमा भारी गिरावट
नेपालखोज
२०७७ फागुन ५ गते ११:४२

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक हजार एक सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ८ सयमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ९० हजार ९ सयमा कारोबार भएको थियो ।
आज तेजावी सुन प्रतितोला ८९ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस्तै बुधबार नेपाली बजारमा चाँदीको मूल्य पनि घटेको छ । मंगलबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा आज २० रुपैयाँले गिरावट आएर प्रतितोला एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया