बैतडीमा साउँदमाथि भएको आक्रमणको विरोध गर्दै काठमाडौंमा प्रदर्शन
नेपालखोज
२०७७ फागुन ५ गते १३:४४

काठमाडौं । बैतडीमा नेपाली कांग्रेसका नेता एनपी साउादमाथि भएको आक्रमणको विरोध गर्दै नेविसंघले काठमाडौंमा प्रदर्शन गरेको छ ।
बुधबार काठमाडौंको प्रदर्शनी मार्गमा नेविसंघ आवद्ध आरआर क्याम्पसका विद्यार्थीले बैतडीमा भएको घटनाको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।
मंगलबार बैतडीमा साउँद सहभागी कार्यक्रममा नेकपाको केपी ओली समूहले हस्तक्षेप गर्दा साउँदसहितका नेता कार्यकर्ता घाइते भएका थिए । मुलुकमा हत्या हिंसा हुँदा पनि सरकार मौन रहेको र नेकपा राजनीतिक प्रतिशोध साध्न व्यस्त रहेको आरोप प्रदर्शनमा सहभागीहरुले लगाएका छन् ।
विरोध प्रदर्शनमा सहभागीहरुले सरकार विरोधी नारा लगाएका थिए । त्यस्तै उनीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन पनि माग गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया