सोमबार, असार २३, २०८२

जीपको ठक्करबाट बालकको मृत्यु

नेपालखोज २०७७ फागुन ५ गते १७:१४

वीरेन्द्रन । गरकर्णाली करिडोरअन्तर्गत कालिकोट रास्कोट नगरपालिका– ६ सान्निघाट बजारमा जीपको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ ।

बाजुराबाट कालिकोटको लालिघाटतर्फ आउँदै गरेको मे १ ज ११४९ नम्बरको जीपले ठक्कर दिँदा स्थानीय गोविन्द सिम्खडाका ३ वर्षीय छोरा मनोज सिम्खडाको मृत्यु भएको हो ।

अस्थायी प्रहरी पोस्ट सान्निघाटबाट प्रहरी सहायक निरीक्षक रमेश महतराका अनुसार सडकमा खेलिरहेका बालकलाई जीपले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।

जीपचालक ३५ वर्षीय उमाकान्त पाठक प्रहरी नियन्त्रणमा रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया