मंगलबार, असार १७, २०८२

भक्तपुरमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु

नेपालखोज २०७७ फागुन ६ गते १२:३६

भक्तपुर । भक्तपुरमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । आफैं चढेको मिनीट्रकबाट झर्ने क्रममा दुर्घटना हुँदा ४१ वर्षीय सूर्यमान सुवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार चाँगुनारायण नगरपालिका–२ झौखेलबाट व्यासीतर्फ आउँदै गरेको बा २ क ९०९९ नम्बरको मिनीट्रकमा चढेर आएका सुवाल ट्रकबाट ओर्लदा अगाडिको बाँया चक्कामा परेर घाइते भएका थिए । उनलाई भक्तपुर अस्पतालमा प्राथमिक उपचार गरेर धुलिखेल पठाइएको थियो ।

सोही दिन राति ८ बजे धुलिखेल अस्पताल पु¥याइएका सुवालको उपचार धुलिखेल अस्पतालमा हुन नसकेपछि काठमाडौं मेडिकल कलेज सिनामंगलमा रिफर गरिएको थियो । उनको उपचारको क्रममा राति साढे १ बजे निधन भएको घोषणा अस्पतालले गरेको प्रहरीले जनाएको छ । ट्रक चालक रामेछाप घर भई हाल झौखेल बस्ने ४५ वर्षका सन्तवीर तामाङ हुन्। उनि प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया