विश्वका करिब एक सय ३० बढी देश कोरोनाविरुद्धको खोपको पहुँच बाहिर
नेपालखोज
२०७७ फागुन ६ गते १५:००

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले कोरोना खोपको वितरणमा भएको असमानतालाई कडा शब्दमा आलोचना गरेका छन् । उनले विश्वका धेरै मानिसहरू माथि अन्याय भएको समेत बताएका छन् ।
महासचिव गुटेरसले विश्वमा रहेका कूल कोरोना खोपको ७५ प्रतिशत १० देशको नियन्त्रणमा रहेको बताएका छन् । हिजो संयु्क्त राष्ट्रसंघको सुरक्षा परिषद्को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै महासचिव गुटेरसले विश्वका एक सय ३० देशमा अझैसम्म कोरोना खोपको एक डोज पनि नपुगेको बताएका छन् ।
उनले समान वितरणको सुनिश्चितता गर्दै तत्काल आपत्कालीन खोप योजना सबै मिलेर ल्याउनुपर्ने बताएका छन् ।
सम्बन्धित
प्रतिक्रिया