शनिबार, वैशाख १३, २०८२

घाँस काट्न भएकी दुई किशोरीको शव फेला

नेपालखोज २०७७ फागुन ६ गते १५:०२

एजेन्सी । भारतको उत्तर प्रदेशमा दुई दलित किशोरीको शव फेला परेको छ । उन्नावमा तीनजना बेहोस अवस्थामा भेटिएकोमा दुईजनाको ज्यान गएको हो ।

दलित समुदायका १३ र १६ वर्षीया किशोरीको मृत्यु भएको छ भने बेहोस १७ वर्षीया किशोरीको उपचार भइरहेको छ ।

उनीहरु एक परिवारका हुन् । १६ र १७ वर्षका किशोरी दिदीबहिनी हुन् भने १३ वर्षकी किशोरी उनीहरुको काकाकी छोरी हुन् ।

बुधबार बेलुका हात गोडा बाँधिएको अवस्थामा शव फेला परेको थियो ।

दिउँसो खेतमा घाँस काट्न गएका उनीहरु सधैँ आउने समयमा नआएपछि परिवारले खोजी थालेका थिए । त्यस क्रममा खेतमा उनीहरु बेहोस अवसथमा भेटिएका हुन् ।

प्रहरीका अनुसार उनीहरुको विषका कारण ज्यान गएको हुन सक्ने अनुमान छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया