देशभित्रको हवाई भाडामा वृद्धि, कुन गन्तव्यमा कति ?

काठमाडौं । निजी हवाई सेवा प्रदायक कम्पनीहरूले भाडा बढाउने निर्णय गरेका छन् । नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ बढाएसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडा बढाउने निर्णय गरेका हुन् ।
संघले हवाई इन्धनको मूल्य घटबढ हुने बित्तिकै इन्धन चार्ज शुल्क समायोजन गर्दै आएका छन् । संघले बढाएको इन्धन चार्ज नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत स्वीकृत दिएको छ ।
संघले माउन्टेन उडानमा ७० रुपैयाँ, काठमाडौं–भद्रपुर ६०, काठमाडौं– विराटनगर ४५, काठमाडौं–जनकपुर २५, काठमाडौं– भरतपुर २०, काठमाडौं– पोखरा ३०, काठमाडौं–भैरहवा ४५, काठमाडौं–नेपालगञ्ज ६५, काठमाडौं–धनगढी ९०, काठमाडौं–तुम्लिङटार ४० र काठमाडौं–सिमराको उडानमा १५ रुपैयाँ इन्धन चार्ज बढेको छ ।
यसैगरी विराटनगर–तुम्लिङटार २०, पोखरा–भैरहवा २५, पोखरा–भरतपुर २५, पोखरा–नेपालगञ्ज ४५, पोखरा माउन्टेन ६०, काठमाडौं–सुर्खेत ७०, विराटनगर माउन्टेन ६५, काठमाडौं–राजविराज ४० र विराटनगर–भोजपुरको उडानका २० रुपैयाँ इन्धन चार्ज बढेको हो ।
प्रतिक्रिया