आइतबार, जेठ ५, २०८२

बर्दियामा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नेपालखोज २०७७ फागुन ८ गते ७:३१

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका-५ शाहीपुर बजारमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।

भुरिगाउँ गुलरिया हुलाकी सडकखण्डमा भे १ क १४८८ नम्बरको टिप्परको ठक्करबाट भे १० प २६४७ नम्बरको मोटरसाइकल चालक कोहलपुर ८ घर भइ नेपाली सेनामा कार्यरत नवराज बुढाथोकीको ज्यान गएको हो ।

मोटरसाइकललाई ठक्कर दिए लगत्तै टिप्पर भागेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलदेखि झण्डै ५ किलोमिटर पश्चिम बेलुवा माचड चोक नजिक टिप्पर छाडेर चालक भागेका जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी हेम शाहीले जानकारी दिए ।

प्रतिक्रिया