शुक्रबार, वैशाख १२, २०८२

सुर्खेतमा पनि बर्डफ्लु

नेपालखोज २०७७ फागुन ९ गते ११:१०


काठमाडौं । सुर्खेतमा पनि बर्डफ्लु देखा परेको छ।

वीरेन्द्रनगर १२ मा स्थानीय कृषकले पालेका कुखुरामा बर्डफ्लु देखा परेपछि त्यहाँका कृषक चिन्तित भएका छन्। पशुपन्छी विकास निर्देशालय कर्णाली प्रदेशले जनाए अनुसार बर्डफ्लुको आशंकामा परीक्षण गर्दा सो रोग पुष्टि भएको हो ।

निर्देशालयका निर्देशक मोहन गिरीले जानकारी दिए अनुसार दुई जना स्थानीयले पालेको दुई सय ७९ वटा कुखुरा र एक सय दुई वटा परेवा, २२ वटा अण्डा र ३१ किलो कुखुराको दाना नष्ट गरिसकेको छ ।

प्रतिक्रिया