आइतबार, असार २२, २०८२

विदेशमा उपचार गराउनु पर्दा लज्जित छुँ : बाबुराम भट्टराई

नेपालखोज २०७७ फागुन ९ गते १७:५२

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले विदेशमा उपचार गराउनु पर्दा आफू लज्जित भएको बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत भट्टराईले २१ औँ शताव्दीमा पनि शरीरमा पलाएको ट्युमर सामान्य हो कि घातक हो छुट्याउनकै लागि भारत आउनुपर्दा आफू लञ्जित भएको टिप्पणी गरेका हुन् ।

‘मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने सबै साथीहरू! अहिले दिल्लीस्थित नेपाली दूतावासको अतिथि कक्षमा बसेर घोत्लिँदै गर्दा अत्यन्त लज्जित/दुःखित छु ।,’ सामाजिक सञ्जाल ट्वीटरमा भट्टराईले लेखेका छन्,‘२१औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु! सामान्य नागरिकको के होला ?’

आइतबार भट्टराई स्वास्थ्योपचारका लागि भारतको नयाँ दिल्ली गएका हुन् । उनी पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौँको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए ।

प्रतिक्रिया