इटालियन सिरी ‘ए’ फुटबलमा आज इन्टर र एसी भिड्दै
नेपालखोज
२०७७ फागुन ९ गते १८:३८

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा आज इन्टर मिलान र एसी मिलानबीच प्रतिस्पर्धा हुँदैछ । मिलान डर्बी भिडन्त एसी मिलानको घरेलु मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार ७:४५ बजे सुरु हुनेछ ।
सानसिरोमा दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले डर्बी भिडन्त निकै रोमान्चक हुने अनुमान गरिएको छ । डर्बी भिडन्तलाई शीर्ष स्थानको भिडन्तको रुपमा हेरिएको छ । दुबै टिम जित निकाल्दै शीर्ष स्थानमा उक्लने योजनामा छन् ।
इन्टर २२ खेलमा ५० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।मिलान २२ खेलमा ४९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।अर्को खेलमा एटलान्टाले नापोलीसँग खेल्नेछ ।यस्तै पर्माले उडीनेजेसँग खेल्नेछ ।
सम्बन्धित
प्रतिक्रिया