‘बी’ डिभिजन लिग फुटबल आजदेखि सुरु
नेपालखोज
२०७७ फागुन ११ गते १०:४०

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गतका बाँकी खेल आजदेखि सुरु हुने भएका छन् ।
कोरोना भाइरसको महामारीका कारण ‘बी’ डिभिजन लिग गत वर्ष चैत ५ गते स्थगन भएको थियो । लिगमा आज दुई खेल हुने अखिल नेपाल फुटबल सङ्घका प्रवक्ता किरण राईले जानकारी दिए ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पहिलो खेल मध्यपुर युथ एशोसिएशन र नयाँ बस्ती युवा क्लबबीच तथा दोस्रो खेल पुल्चोक स्पोर्ट्स क्लब र खुमलटार युथ क्लबबीच हुनेछ । पहिलो खेल १२ः१५ बजे तथा दोस्रो खेल दिउँसो ३ः३० बजे हुने एन्फाले जनाएको छ । (रासस)
सम्बन्धित
प्रतिक्रिया