सवारी दुर्घटनामा दुुई जनाको मृत्यु

काठमाडौं । ललितपुरको ललितपुर महानगरपालिका ४ जावलाखेल चोकमा बा.२ ख ३५७४ नम्बरको बस र प्रदेश ३(०२(१० प ५५८९ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक सोही महानगरपालिका ४ बागडोल बस्ने उदयपुर कटारी गाउँपालिका ४ घर भएकी २३ वर्षीया सिर्जना राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको अल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाहीको कबिलासी नगरपालिका १ पिपरियास्थित सडकमा मोटरसाइकलबाट लडेर सोही ठाउँ बस्ने ६० वर्षीया सबिना खातुनको मृत्यु भएको छ । हाल नम्बर नखुलेको मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया