कोरोना अपडेट : थप ९४ जनामा सङ्क्रमण, ७१ जना डिस्चार्ज
नेपालखोज
२०७७ फागुन १२ गते १७:१३

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
तीन हजार ६ सय ९२ जनाको पीसीआर परीक्षण गर्दा ९४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७३ हजार सात सय ६० पुगेको छ ।
त्यस्तै थप ७१ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार एक सय ३९ पुगेको छ । अहिले नेपालमा १५ सय ५५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप एक जनाको कोरोनाबाट ज्यान गएको छ । अहिलेसम्म कोरोना सङ्क्रमणका कारण दुई हजार ६६ जनाले ज्यान गुमाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया