सुनको मूल्य घट्दा चाँदीको बढ्यो
नेपालखोज
२०७७ फागुन १३ गते ११:०५
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ । बुधबार ८९ हजार ८ सयमा कारोबार भएको सुनको मूल्यमा ५ सय रुपैयाँले गिरावट आएर प्रतितोला ८९ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजाबी सुनको मूल्य ८८ हजार ८ सय ५० रहेको महांसघले जनाएको छ ।
त्यस्तै, बिहीबार चाँदीको मूल्यमा भने बुधबारको तुलनामा १० रुपैयाँले बढेर एक हजार तीन सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया