मोहन वैद्यले पाउने भए वर्षको ‘शमी साहित्य साधना सम्मान’
नेपालखोज
२०७७ फागुन १४ गते १०:२०

काठमाडौं । यस वर्षको ‘शमी साहित्य साधना सम्मान’ मोहन वैद्यलाई दिइने भएको छ।
शमी साहित्य प्रतिष्ठानले २०६७ सालदेखि अग्रज र ओझेलमा परेका साधकलाई वार्षिक रूपमा दिँदै आएको १ लाख १ हजार १ सय ११ राशिको सो सम्मान यस वर्ष कम्युनिस्ट आन्दोलनमा पनि सक्रिय नेता तथा लेखक वैद्यलाई प्रदान गर्ने भएको हो।
वैद्यकाे पछिल्लो कृति ‘हिमाली दर्शन’ लोकप्रिय छ भने मार्क्सवादी समालोचना’ चाँडै बजारमा आउँदैछ।
प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालको अध्यक्षता र संरक्षक डोलिन्द्रप्रसाद शर्माको उपस्थितिमा सम्पन्न कार्यसमितिको बैठकले प्रतिभा चयनका लागि गठित प्रा. राजेन्द्र सुवेदी संयोजकत्वको समितिको सिफारिसबमोजिम निर्णय गरेको प्रतिष्ठानले जनाएको छ।
पुरस्कार यही फागुन २८ गते प्रदान गरिनेछ।
सम्बन्धित
प्रतिक्रिया