थरुहट–थारुवान राष्ट्रिय मोर्चाद्वारा १५ कारणसहित विद्रोहको घोषणा

नेपालखोज २०७७ फागुन १७ गते १२:५२

Warning: Undefined variable $bigyapan_post_break in /home/nepalkh/public_html/wp-content/themes/nplkhoj2026/inc/my_advt.php on line 204

Warning: Undefined variable $bigyapan_post_break in /home/nepalkh/public_html/wp-content/themes/nplkhoj2026/inc/my_advt.php on line 204

Warning: Undefined variable $bigyapan_post_break in /home/nepalkh/public_html/wp-content/themes/nplkhoj2026/inc/my_advt.php on line 204

Warning: Undefined variable $mero_break_ad1 in /home/nepalkh/public_html/wp-content/themes/nplkhoj2026/inc/my_advt.php on line 231

Warning: Undefined variable $mero_break_ad2 in /home/nepalkh/public_html/wp-content/themes/nplkhoj2026/inc/my_advt.php on line 234

Warning: Undefined variable $mero_break_ad3 in /home/nepalkh/public_html/wp-content/themes/nplkhoj2026/inc/my_advt.php on line 237

धनगढी । लामो समयदेखि संघर्षरत थरुहट-थारुवान राष्ट्रिय मोर्चाले विभिन्न १५ वटा कारणसहित विद्रोहको घोषणा गरेको छ ।

कैलालीको कैलारी गाउँपालिकाको हसुलियामा यहि फागुन १५ र १६ गते सम्पन्न थरुहट थारुवाट राष्ट्रिय सम्मेलनले आफ्ना माग पूरा गर्न १५ वटा कारणसहित विद्रोहको घोषणा गरेको हो ।

हसुलिया सम्पन्न राष्ट्रिय सम्मेलन मार्फत १५ बुँदे अवधारणापत्र’ जारी गर्दै मोर्चाले विद्रोहको घोषणा गरेको छ । मोर्चाले विद्रोहमा जानुको १५ कारण उल्लेख गरेको छ ।

मोर्चाले थारु बाहुल्य भूगोल समेटेर प्रादेशिक संरचना बनाउनुपर्ने, टीकापुर घटना राजनीतिक रुपमा सम्बोधन गर्नुपर्ने मुख्य माग अघि सारेको छ ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा ८ प्रहरीसहित १ नाबालकको ज्यान गएको थियो । सो घटना घटना मुद्दामा सांसद रेशम चौधरीसहित नेता कार्यकर्ताहरु जेल सजाय भोगिरहेका छन् ।


१. दासता विरुद्वको विद्रोहको तयारीका लागि नेतृत्व र जनताको बीचमा विश्वास, भरोसा, जिम्मेवारी उत्तरदायीत्व वहन गर्दैआदिवासी थारु, दलित, जनजाती, मुस्लिम, मधेशी, महिलारुको एकल वा फरक–फरक आन्दोलन गरिने छैन । सामाजिक, साँस्कृतिक, सामुदायीक, आर्थिक र राजनैतिक दासतामा बाँच्न विवश जनलोकको संयुक्त विद्रोहको तयारी थरुहट माग मुद्दा प्रति सकारात्म वा प्रतिवद्ध सबै शक्तिका बीच सहकार्य एकता मोर्चाबन्दी, साझा मुुद्दा बनाई शान्तिपूर्ण साझा आन्दोलनको अवधारणाबाट गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।

२. समानता, न्याय, अधिकारका लागि दासता विरुद्वको संयुक्त र साझा विद्रोह कुनै जाति, वर्ग, लिङ, क्षेत्र, समुदाय र धर्मका विरुद्व हुने छैन ।

३. हिंसा, डर, त्रास, धाक, धम्की आतङ्क, चन्दा असुली, लुटपात नगरी सभ्य शालिन भद्र तवरबाट अधिकार प्राप्ती र स्थायी शान्तिका लागि शान्तिपूर्ण विद्रोह हुनेछ ।

४. राज्यको पुनःसंरचनामा जातिय ऐतिहासिक पृष्ठभूमीका आधारमा पहिचान सहित नामाङ्कन सीमाङ्कन एवं अधिकार सम्पन्न थरुहट स्वायत्त प्रदेशको स्थापना,राज्यको हरेक अंगको सबै तह तप्कामा जातीय जनसंख्याको आधारमा पूर्णसमानुपातिक प्रतिनिधित्व, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको संवैधानिक व्यवस्थासहित संविधानको अन्तरबस्तुसँग रहेका अधिकारका १४ बुँदे मुख्य राजनीतिक माग मुद्दाहरु संविधान संशोधन गरि पूरा गराउन हाम्रो विद्रोह हुनेछ ।

५. थरुहट आन्दोलनकर्मी र सरकारबीच २०६५ साल चैत्र १ गते भएको ६ बुँदे र २०६९ साल जेठ १० गते भएको १० बुँदे सहमति सम्झौताहरु कार्यान्वयन गराउन विद्रोह हुनेछ ।

६. अधिकारका लागि शान्तिपूर्ण थरुहट आन्दोलनमा होमिएका निहत्था थरुहट नेता कार्यकर्ताहरु उपर लगाएको सबैखाले झुठा मुद्दा खारेज गरी निःशर्त रिहाईका लागि हाम्रो विद्रोह हुनेछ ।

७. कर्फ्यू निषेधाज्ञा लागेकै बेला थरुहट नेता कार्यकर्ता, व्यवसायीहरुको घर पसल व्यावसायिक केन्द्र, सञ्चार गृहमा भएको आगजनी लुटपाट तोडफोड गर्ने थरुहट पहिचान विरोधीहरु तत्वहरुमाथि र थारु चेलीबेटी उपर भएको बलात्कार दुुव्र्यहवार गर्नेहरुलाई कारबाहीका लागि हाम्रो विद्रोह हुनेछ ।

८. टीकापुर घटनाको विषयमा पूर्व न्यायाधीश गृहचन्द्र लालको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन आयोगको र देवीराम शर्माको छानविन समितिको प्रतिवेदन सार्वजनीक गर्न दबाबका लागि हाम्रो विद्रोह हुनेछ ।

९.जातिय छुवाछुत, असमानता, विभेद र जघन्य बलात्कारका विरुद्व हाम्रो विद्रोह हुनेछ ।

१०. अपाङ्ग, एकल महिला, प्रौढ, असक्तहरुको गास, बास, कपास, शिक्षा, स्वास्थ्य निःशुल्क र रोजगारी ग्यारेन्टी गर्न हाम्रो विद्रोह हुनेछ ।

११. विद्यमान, वेथिति, भ्रष्टाचार, कुशासन विरुद्व हाम्रो विद्रोह हुनेछ ।

१२. किसान, मजदुरहरुको श्रम, शोषणको विरुद्घ हाम्रो विद्रोह हुनेछ ।

१३. बालुवाटार र सिंहदरवारले हामी माथि गरेको औपनिवेसिकताका विरुद्व हाम्रो विद्रोह हुनेछ ।

१४.धर्तीपुत्र थारुलगायत आदिवासी जनजाति, मुस्लिमहरुको परम्परागत एवं प्रथाजनित मूूल्य मान्यता (बरघर भलमन्सा मटाँवा) लाई संवैधानिक एवं कानुनी मान्यता दिलाउन हाम्रो विद्रोह हुनेछ ।

१५. थारुहरुको भाषा, धर्म संस्कृति, सभ्यता तथा सम्पदाहरुको संरक्षण, संवद्र्धन एवं प्रवर्द्धनका लागि सरकारलाई दबाब दिन हाम्रो विद्रोह हुनेछ ।


Warning: Undefined variable $bigyapan_post_break in /home/nepalkh/public_html/wp-content/themes/nplkhoj2026/inc/my_advt.php on line 204

प्रतिक्रिया