शनिबार, जेठ ४, २०८२

प्रचण्ड र सभामुखले लगाए कोरोनाविरुद्दको खोप

नेपालखोज २०७७ फागुन १९ गते ११:०८

काठमाडौं । नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरस विरुद्दको खोप लगाएका छन् । उनले आज नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा पुगेर कोरोनाविरुद्दको खोप लगाएका हुन् ।

त्यस्तै प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले पनि खोप लगाएका छन् । खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेयश त्रिपाठी र लालबाबु पण्डित पनि पुगेका छन् ।

आज संघीय संसदका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोरोनाभाइरसविरुद्धको खोप लगाइदैछ । फागुन २३ गतेका लागि प्रतिनिधिसभा अधिवेशन बोलाइएकोले आज सांसदलाई कोरोनाविरुद्धको खोप लगाइने भएको बताइएको छ ।

संघीय संसद सचिवालयका सबै कर्मचारी, स्वकीय सचिव लगायतका सबै कर्मचारी, ट्राफिक, बम डिस्पोजल लगायतलाई कोरोना खोप लगाइनेछ ।

प्रतिक्रिया