आइतबार, असार २२, २०८२

शुक्रबार प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने

नेपालखोज २०७७ फागुन २० गते ११:५९

काठमाडौं । सरकारसँग तीन बुँदे सहमति भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली र नेत्र विक्रम चन्द ‘विप्लव’ले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् ।

फागुन २१ गते दिउँसो २ बजे सभागृहमा आयोजित विशेष समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका हुन् ।

सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईका अनुसार सभागृहमा विशेष समारोह आयोजना हुने छ । सोही समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्न लागेका हुन् ।

बिहीबारको वार्तापछि सरकारी वार्ता टोलीका संयोजक एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूसहको वार्ता टोली संयोजक एवं प्रवक्ता खड्कबहादुर विश्वकर्माले तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ ।

सरकारले हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै २०७५ को फागुन २८ मा विप्लव नेतृत्वको नेकपा समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया