बिहीबार, असार ५, २०८२

सन्दीप न्यौपानेको नयाँ गीत ‘सान्बाबु’ सार्वजनिक

नेपालखोज २०७७ फागुन २१ गते १३:५७

काठमाडौं । ‘ गायक तथा संगीतकार सन्दीप न्यौपानेको नयाँ गीत ‘सान्बाबु’ सार्वजनिक भएको छ । गीत गायनमा सन्दीपलाई सम्झना भण्डारीले स्वरमा साथ दिएकी छन् । सुदीप सागर, गोबिन्द अनेक, सुनितामी परियार र विमला परियारको कोरस गायन रहेको गीतमा शब्द तथा संगीत स्वयम् गायक सन्दीपकै छ ।

गीतको भिडियो प्रकाश भट्टले निर्देशन गरेका हुन् । भिडियोमा ट्वीन गर्ल स्मारिका र समारिका ढकालसँग गायक सन्दीप नै देखिएका छन् । नवराज उप्रेतीको छायाँकन, विष्णु शर्माको सम्पादन भिडियोमा रहेका छन् ।

प्रतिक्रिया