‘अन्तर्मनका सुसेली’ र गीत ‘क्षितिज पारी’ सार्वजनिक
नेपालखोज
२०७७ फागुन २३ गते ८:०७

काठमाडौ । कवि तथा गीतकार डीपी दाहाल ‘परिश्रमी’को पुस्तक ‘अन्तर्मनका सुसेली’ र गीत ‘क्षितिज पारी’ सार्वजनिक भएको छ ।
काठमाडौमा एक कार्यक्रमबिच शताब्दी पुरुष सत्यमोहन जोशी, संगीतकार शम्भुजीत बासकोटा लगायतले २ कृतिलाई सार्वजनिक गरेका हुन् ।
गायक प्रताप दास र गायिका रचना रिमालको स्वर रहेको ‘क्षितिज पारी’ मा पुरुषोत्तम न्यौपानेको संगीत छ ।
उत्तम श्रेष्ठ ‘शिशिर’ निर्देशित भिडियोमा सुधीर श्रेष्ठ र अशु न्यौपाने फिचर्ड छन् ।
भिडियोमा ज्ञानेन्द्र हुमागाईं शर्माको छायांकन, अमृत चापागाईंको सम्पादन छ । भिडियो डिलाइटेड युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया