बिहीबार, असार ५, २०८२

प्रमोदको गीतमा झुम उठ्यो कुस्मा

नेपालखोज २०७७ फागुन २३ गते ८:५१


कुस्मा । महामारीका कारण अघिल्लो वर्षको चैतदेखि मेला महोत्सवहरु बन्द भएमा थिए। कुस्मा पनि त्यसबाट अछुतो रहेन ।

हालै एक युवा क्लबको आयोजनामा पर्वत सदरमुकाम कुस्मा बजारमा भइरहेको दोस्रो मगर महोत्सवमा शनिवार प्रमोद खरेलको उपस्थिति थियो।

लामो समयसम्म मेला महोत्सवजस्ता मनोरञ्जनात्मक गतिविधिबाट बञ्चित कुस्मावासी प्रमोदसँगै नाचे।

कुस्मा बजारसहित ग्रामीण क्षेत्रबाट समेत गरेर हजारौँको सहभागिता खरेलको गीतमा रमाए।


लोकप्रिय गायक खरेल त्यसमा पनि करिब एक वर्षपछिको मेला महोत्सवको रमझम यही कारण पनि गीतमा रमाउने र नाच्नेहरू निकै हौसिएका देखिन्थे।

प्रतिक्रिया