बिहीबार, असार १२, २०८२

सुनको मूल्य बढ्दा चाँदीको भने स्थिर

नेपालखोज २०७७ फागुन २३ गते ११:०१

काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । शुक्रबार ८५ हजार ६ सयमा कारोबार भएको सुनको मूल्यमा आईतबार ५ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य ८५ हजार ६ सय ५० कायम रहेको महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । आज नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया