पीपीएल क्रिकेटमा चितवन राइनोज र काठमाडौं गोल्डेन्स भिड्दै
नेपालखोज
२०७६ पुष ८ गते १०:२२
८ पुष, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा आज (मंगलबार) चितवन राइनोज र काठमाडौं गोल्डेन्स भिड्दैछन् । यो खेल पोखरा रंगशालामा बिहान साँढे ११ बजे सुरु हुनेछ ।
जारी प्रतियोगितामा अपराजित एक मात्र टोली चितवन आजको खेल जित्दै सिधै फाईनलमा पुग्ने लक्ष्यमा रहेको छ । उता काठमाडौंको लागि प्ले अफ् संभावना जिवित राख्न आजको खेल जित्नैपर्ने दबाब छ ।
जारी प्रतियोगितामा अहिलेसम्म सबै भन्दा बलियो टिमको रुपमा देखिएको पारस खड्काको कप्तानीमा रहेको चितवनले चार खेलबाट ८ अंक जोडेको छ ।
समान खेलबाट ६ अंक जोडेको बुटवल ब्लास्टर्स दोस्रो स्थानमा रहेको छ भने काठमाडौं र धनगढीको ४–४ अंक छ । साविक विजेता सशद भेषावकरको कप्तानीमा रहेको पोखरा पल्टन भने ५ खेलबाट २ अंक मात्रै बटुल्दै समुह चरणबाटै बाहिरिसकेको छ ।
सम्बन्धित
प्रतिक्रिया