मंगलबार सुनचाँदीको मूल्य घट्यो
नेपालखोज
२०७७ फागुन २५ गते ११:१०

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सोमबार ८६ हजार दुई सयमा कारोबार भएको सुनको मूल्यमा आज ६ सयले घटेर प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुनको मूल्य ८५ हजार एक सय ५० रुपैयाँमा कायम रहेको छ ।
यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । सोमबार एक हजार दुई सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा दश रुपैयाँले घटेर प्रतितोला एक हजार दुई सय ५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया