पेरिसडाँडाबाट धुम्बाराही फर्किए गंगालाल तुलाधर
नेपालखोज
२०७७ फागुन २५ गते १४:२२
काठमाडौं । माधवकुमार नेपाल निकट नेता डा. गंगालाल तुलाधर पेरिसडाँडास्थित पार्टी कार्यालयबाट बिदा भएका छन् ।
करिब तीन महिना कार्यालय सचिवको रुपमा पेरिसडाँडास्थित तत्कालीन नेकपाको कार्यालयमा काम गरेका तुलाधरलाई सचिव श्रीराम ढकाल र कर्मचारीहरुले मंगलबार बिहान बिदाई गरेका हुन् ।
सर्वोच्च अदालतले आइतबार नेकपाको एकता खारेज गरेसँगै एमाले र माओवादी केन्द्र ब्यूँतिएसँगै प्रचण्ड–नेपाल समूहमा रहेका एमाले नेताहरु एमालेमै रहने निर्णय गरेका छन् ।
यसैगरी प्रचण्ड पक्षले माओवादी केन्द्र ब्युँताएको छ ।
सम्बन्धित
प्रतिक्रिया