सोमबार, वैशाख १५, २०८२

केतनको ‘छाडी गयौ’ सार्वजनिक (भिडियोसहित)

नेपालखोज २०७७ फागुन २६ गते १२:२८

काठमाडौं । नेपाली चलचित्रमा पार्श्व गायन मार्फत दर्शक स्रोताको मन जितेका गायक केतन क्षेत्रीको स्वरमा रहेको बिल्कुलै नयाँ गीत ’छाडी गयौ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।


सत्य घटनामा आधिरित यस गीतमा अमेरिकाको ओहायो राज्य निवासी गीतकार नारायण रसाइलीको शब्द रहेको छ भने सुभाष भुषालले संगीतवद्ध गरेका छन् । गीतमा पुरुषोत्तम सुवेदीको संगीत संयोजन रहेको छ ।

वियोगान्त कथामा आधारित म्युजिक भिडियोमा रंजित पौडेल र गीता ढुंगाना फिचर्ड छन् । बुद्ध थापाले छायांकन गरेको यस भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ । रेशम बुढाथोकी सहायक निर्देशक रहेको यस भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो । तारा लोहनी रसाइली निर्मात्री रहेको म्युजिक भिडियोलाई भवी लाल गोल्ड हाउसको आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो लिंक

प्रतिक्रिया