सोमबार, वैशाख २९, २०८२

त्रिविले थेसिसमा हुने चोरी रोक्न सफ्टवेयर ल्याउँदै

नेपालखोज २०७७ फागुन २६ गते १७:००

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले थेसिसमा हुने चोरीका घटनाहरुलाई नियन्त्रण गर्न उद्देश्यले अब प्लेजरिजम डिटेक्टर सफ्टवेयर ल्याउने लागेको छ ।

विश्वविद्यालय केन्द्रीय पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठका अनुसार अबको एकदेखि दुई महिनाभित्र सफ्टवेयर ल्याइसक्ने बताएका छन् । उक्त सफ्टवेयरले पीएचडी, एमफिल तथा मास्टर्सका थेसिसमा हुने प्लेजरिजम (बौद्धिक चोरी) लाई डिटेक्ट गर्नेछ । त्रिविले केन्द्रीय रुपमा यस किसिमको सफ्टवेयर पहिलोपटक ल्याउन लागेको हो ।

सफ्टवेयर ल्याएपछि कति प्रतिशत प्लेजरिजम मान्य हुने भन्ने विषयमा नीति नै बनाइने श्रेष्ठले बताए । हाल विभिन्न मुलुक अनुसार १० प्रतिशतदेखि १५ प्रतिशतलाई मान्यता दिइन्छ ।

सफ्टवेयर आइसकेपछि विद्यार्थी तथा प्राज्ञिकहरु सतर्क बन्ने र बौद्धिक सम्पत्ति चोरीको प्रवृत्ति हटेर जाने त्रिविको विश्वास छ । यस किसिमको सफ्टेवेयर इन्जिनियरिङ अध्ययन संस्थानमा भने पहिलेदेखि नै प्रयोग हुँदै आइरहेको छ ।

प्रतिक्रिया