माओवादी केन्द्रले कांग्रेस र जसपासँग छलफल गर्दै
नेपालखोज
२०७७ फागुन २७ गते १२:४७
काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेतहरुसँग छलफल गर्दै छ ।
बिहीबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा कांग्रेस र जसपाका नेताहरुसँग छलफल हुने माओवादीका नेता देवेन्द्र पौडेलले जानकारी दिए ।
सत्तासाझेदारी लगायतका विषयमा माओवादी केन्द्रले कांग्रेस र जसपाका नेताहरु छलफल जारी राखेको छ ।
बुधबार बसेको स्थायी कमिटी बैठकले दुई दलसँग छलफल जारी राख्नुपर्ने निष्कर्ष निकाल्दै छलफल गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई दिएको थियो । बुधबारै जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पेरिसडाँडा पुगेर प्रचण्डसँग छलफल गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया