जसपा संसदीय दलको बैठक सिंहदरबारमा सुरु
नेपालखोज
२०७७ फागुन २८ गते १५:०६

काठमाडौं । जनता समाजवादी पार्टी ससंदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ ।
बैठकमा संसदीय दलको विधान पारित गर्ने र संसदीय दलको नेता कसलाई बनाउने भन्नेबारे छलफल हुने बताइएको छ ।
बैठकमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय परिषद् अध्यक्षद्वय महन्त ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो लगायत सहभागी छन् ।
बिहीबार मात्रै सरकारी पक्ष र जसपाका नेताहरूबीच भएको छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो सरकार टिकाउनका लागि निर्णायक बनेको जनता समाजवादी पार्टीले उठाउँदै आएका माग सम्बोधन गर्ने बताएका थिए ।
प्रधानमन्त्रीको सरकारी निवासस बालुवाटारमा भएको छलफलमा सांसद् रेशम चौधरीलगायतका नेता तथा कार्यकर्तालाई रिहा तथा मुद्दा फिर्ताको प्रक्रिया अगाडि बढाउनुपर्ने माग सुनुवाइका लागि आफू तयार भएको बताएका थिए ।
सम्बन्धित
प्रतिक्रिया